काठमाण्डौ । कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने घोषणा गरेको छ ।

मंगलवार टेलिकमका प्रवक्ता राजेश जोशीले एक विज्ञप्ति जारी गर्दै टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको जानकारी दिएका छन् ।
कम्पनीका अनुसार, टेलिकमको सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि यस्ता महशुलमा नियमानुसार बिलम्ब शुल्क लागूहुनेछ ।
यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागूहुनेछ ।
टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here