काठमाण्डौ । बिभिन्न चर्चीत आधुनिक गीत संगीतमा निकै मार्मीक शब्द कोरेर सांगीतीक चुलिको शिखरमा पुग्न सफल किरण माइकल घिमिरेको शब्दमा नयाँ गित बजारमा आएको छ । गीतकार संगीतकार गायक अनि चलचित्र लेखनमा आफुलाई दक्ष प्रमाणित गरिसकेका माइकलको शब्दमा शनिबार मात्रै ‘मलाई माया गरेर’ बोलको आधुनिक गीत बजारमा आएको हो ।

स्वरुपराज आचार्यको स्वरमा सजिएर आएको उक्त गीतमा कोशिस क्षेत्रीको सङ्गीत रहेको छ भने जीवन शाहीको कुशल निर्देशन गरेका छन । महाराज थापाको एरेञ्ज र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियोमा केकी अधिकारी, राजु गिरी र सरस्वती खत्रीले अभिनय गरेका छन ।त्रेय प्रोडक्सनले बजार व्यवस्थापन गरेको उक्त गीतमा नवराज उप्रेतीको छायाँकनका साथै भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ ।

हेर्नुहोस उक्त गीतको भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here