काठमाडौं । नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार राष्ट्रिय प्रयोगशाला टेकुलगायत विभिन्न स्थानमा गरिएका परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र सबैजना स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे पनि देवकाेटाले जानकारी दिनुभयाे । त्यस्तै संक्रमणका कारण थप एक जनाकाे मृत्यु भएकाे छ । मृतककाे संख्या ५ पुगेकाे छ ।

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका २ जनामा पोजेटिभ देखिएको छ । यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जनामा संक्रमण देखिएको मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

यस्तै भरतपुर अस्पतालमा नवलपुरका १ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा गरिएको परीक्षणमा ७७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा धनुषाका ४ वर्षिया बालिकासहित २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहका ६ जना दोलखाका २ जना र सोलुखुम्बुका १ जनामा पोजेटिभ देखिएको हो ।

सुर्खेतमा गरिएको परीक्षणमा २३ जनाको पोजेटिभ आएको छ । जसमा बझाङका १ जना सुर्खेतका २ वर्षीया बालिकासहित १३ र दैलेखका ८ जना रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

गण्डकी प्रदेशको प्रयोगशालामा गरिउको परीक्षणमा ३ जनाको पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीषणमा हेटौडाका एक, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ३ र नेपालगञ्जका १ जनामा गरी ४ जनामा पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा भएको परीक्षणमा रौतहटका १७ जनामा पोजेटिभ देखिएको छ । सुदूरपचिमा थप ३ जनामा संक्रमण देखिएको छ । दार्चुलाका १ र कैलालीका २ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here