काठमाडाैं । भारतमा एकैदिन सात हजार २ सय २० जनामा काेराेना संक्रमण देखिएकाे छ । लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमण तीव्र गतिमा फैलिंदै देखिएकाे छ ।

भारतमा संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि दिनहुँ नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार अहिलेसम्मकै बढी नयाँ संक्रमित थपिएका छन् भने मृतकको संख्या पनि हालसम्मकै बढी भएको छ ।

यसअघि गत आइतबार  सबैभन्दा बढी २४ घण्टामा ६ हजार ९ सय ७७ जना नयाँ संक्रमित भेटिएका थिए । यस्तै मृत्यु पनि २४ घण्टामा अहिलेसम्मकै उच्च भएको छ । १ सय ८७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । बिहीबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८६ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ८५ हजार ७ सय ९२ रहेको छ । त्यस्तै २४ घण्टामा ३ हजार ४ सय ७२ जनालाई निको भएको छ । निको हुनेको संख्या ६७ हजार ७ सय ४९ पुगेको छ । मृत्यु हुनेको संख्या ४ हजार ५ सय ३४ पुगेको छ ।

भारतमा लकडाउन खुकुलाे भएसँगै भारतमा रहेका नेपालीहरू स्वदेश फर्कने क्रम जारी रहेकाले  नेपालमा पनि संक्रमितकाे संख्या भयावह हुनसक्ने संकेत देखिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here