काठमाडाैं  । कोरोनाभाइरस  संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ मृत्यु भएको हो ।  ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो ।

किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो। सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो।

यस समाचारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गरिसकेकाे छैन । काेराेना संक्रमणबारे स्वास्थ्य मन्त्रालयले अपरान्ह ४ बजेपछि दैनिक रूपमा जारी गर्ने बुलेटिनमा यस विषयमा जानकारी दिने स्राेतले बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here