आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कतिपय क्षेत्रमा बिहानै देखि वर्षा हुनसक्ने देखिएकाे छ ।

महाशाखाका अनुसार अहिले  बिहान मध्य क्षेत्रमा मौसम सामान्य बदली छ भने देशका बाँकी स्थानमा आंशिक बदली छ।

विशेषगरी अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा पश्चिमका केही स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको महाशाखाकाे भनाइ छ।

‘छिटफुट वर्षाको सम्भावना त अहिल्यैदेखि देखिएको छ,’ महाशाखाले भन्याे ‘तर पनि विशेषगरी अपराह्नपछि नै वर्षाको सम्भावना छ।’

यस्तै राति पनि मध्य र पूर्वी भूभागका केही स्थान साथै पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भने पूर्वी भूभागनजिकै निम्न चापीय रेखा छ। साथै स्थानीय वायुको पनि प्रभाव छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here