काठमाडाैं । विश्वमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ५६ हजार नाघेको छ । ५७ लाख १३ हजार  बढी संक्रमित मध्ये २४ लाख ९२ हजारभन्दा बढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले जारी गरेका पछिल्लाे अपडेट अनुसार ५३ हजार भन्दा बढी संक्रमितको अवस्था गंभीर छ भने बाँकीको अवस्था सामान्य रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ । अमेरिकामा संक्रमितकाे संख्या १७ लाख ४५ हजार नाघेकाे छ ।

पछिल्लाे तत्थ्यांक अनुसार नेपालमा अहिलेसम्म ८ सय ८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । चार जनाकाे मृत्यु भएकाे छ भने १ सय ८३ जना निकाे भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here