कञ्चनपुरकाे एक क्वारेन्टाइन व्यवस्थामा जुटेका कृष्णपुर नगरपालिका वडा–७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ। राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सिमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको बताइएकाे छ ।

मंगलवार दिनभर क्वारेन्टाइन व्यवस्थापनमा संगै थियौं। राना साँझ पख घरमा पुगि नुहाई राना खाना खाएर हाप पाइन्ट र कमिज लगाई क्वारेन्टिन पुगेका थिए। नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो’ नगर प्रमुख कर्ण बहादुर हमालले भन्नुभयाे, ‘राति व्यवस्थापन बारे जानकारी लिनका लागि क्वारेन्टाइनमा पुगेका उनको एक्कासी मृत्यु भएको छ।’ वडा अध्यक्ष रानामा कुनै पनि रोगको लक्षणहरु यस अघि नदेखिए थिएनन् ।

उहाँ तन्दुरुस्त हुनुहुन्थ्याे। हृदयघातका कारण उहाँको मृत्यु भएको हुन सक्ने उहाँकाे भनाइ छ। मृत्यु भएका रानाको शव परिक्षणका लागि रातिनै सेती प्रादेशिक अस्पताल धनगढीमा पुरयाईएको छ। अस्पतालमा मृतक रानाको शव परीक्षण पश्चात स्वाबको नमूना संकलन गरी परीक्षण गरिने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here