काठमाडौं । मुलुकमा मंगलबार फेरि ९० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मुलुकमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।

संक्रमित मध्ये अहिलेसम्म १ सय ५५ जनाले कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् । ४ संक्रमितले भने जीवन गुमाएका छन् । मंगलबार साँझ सप्तरीमा ११ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या ७ सय ८३ पुगेको छ । थपिनेमा एक जना महिला र बाँकी सबै पुरूष छन् । संक्रमितहरूमा बोदेबरसाइन नगरपालिकाका ८, बलानबिहुल गाउँपालिकाका २ र सुरुङ्गा नगरपालिकाका एक जना छन्। उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो । संक्रमितहरू सबै भारतबाट आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here