काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गतका टिमका ६ खेलाडी तथा खेल पदाधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक इयान वोएन रहेका छन् । अरु दुईजना अर्को क्लबका रहेका छन् तर उनीहरुको विवरण खुलाइएको छैन । कोरोना भाइरसको संक्रमण पुष्टि भएका खेलाडी तथा पदाधिकारीहरुलाई आइसोलेशनमा राखिएको छ ।

१९ वटा क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । कोरोनाको कारण गत मार्चबाट स्थगित गरिएको प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।

प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here