चीनमा पछिल्लो समय कोरोनाभाइरसबाट थप १५ जना सङ्क्रमित भेटिएका छन् । योसँगै देशभरी कुल सङ्क्रमितको संख्या ८२ हजार ९ सय ३३ पुगेको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । नयाँ संक्रमित भेटिन थालेपिछ चीनमा लकडाउन कडा बनाइएकाे छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले थप सङ्क्रमितमध्ये चार जनामा पुष्टि भइसकेको र उनीहरु सवै जिलिन प्रान्तमा आन्तरिक रुपमा सरेको पाइएको बिहीबार जनाएको छ ।

अन्य ११ जना भने सङ्क्रमण उन्मुख भएको अधिकारीहरुको भनाइ छ । चीनको जिलिन सहरमा यसअघि देखि नै कडाई रुपमा लकडाउन लागु गरिएको छ ।

यसअघि वुहानमा गत साता ६ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनमा पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमण फैलिन क्रम नियन्त्रण भएको भनिए पनि फेरि थपिन थालेका छन् । चीनमा हालसम्म काेराेना संक्रमणबाट ४ हजार ६ सयभन्दा बढीकाे ज्यान गइसकेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here