काठमाडौं । नेपालमा मंगलबार एकैदिन ११ जनामा कोरोना संक्रमण देखिएको छ ।  यो संगै कोरोना भाइरस संक्रमित संख्या ४२ पुगेको छ ।

उनीहरुको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ८ जनाकाे  गर्दा नतिजा शंकास्पद आएपछि पुन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनीहरूकाे रिपोर्ट त्यहाँ जाँज्दा पनि पाेजेटिभ देखिएको छ । त्यस्तै उदयपुरमा साउदीबाट फर्केका एक युवककाे रिपोर्ट पाेजेटिभ देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परीक्षण गर्दा समेत रिपोर्ट पोजेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । त्यस्तै काठमाडाैंमा अन्य २ जना महिलाकाे रिपाेर्ट पाेजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here