खरले छाएको घरले भएन । मलाई आधुनिक बसाई चाहियो । पिउनका लागि कन्चन पानी बग्ने मुल थियो । मलाई घरैमा स्विमिङ पुल चाहियो । हिंड्ने गोरेटो थियो । मलाई राजमार्ग चाहियो । सास फेर्नलाई सल्लीवनको स्वच्छ हावा काफी थियो । मैले बतासको आतंक खोजे । घरमा उत्पादित ढिंडो र साग पच्न छोड्यो । पिज्जा र रोस्ट स्वादिलो लाग्यो मलाई । गाउँ विकट भयो । सहर मन पर्न थालेछ । आवश्यकता¸ चाहना र महत्वकांक्षामा रूमलिँदा जीवन जिउनुको अर्थ नै बिर्सेछु ।

जीवन भोगाई क्रममा समय परिस्थिति र व्यवहारले मस्तिष्कमा परेको दबाब र प्रभाबलाई साँघुरो परिधिमा संकुचित नगरी विभिन्न घटना र परिघटनाको समिश्रणका रूपमा केही कुरा लेख्दैछु । प्यारो जिन्दगी¸ असिम सम्झना ।

आ(आफ्नो पेशा, व्यवसाय, दैनिकी अनुसार सबैले आफूले जिउने जीवन बेग्लाबेग्लै छन् । कोही जीवन जिइरकेका छन् त कोही जीवन कटाइरहेका छन् । कोही उपलब्धतामा रमाएका छन् भने कोही रमाउने चेस्टा गरिरहेका छन् । व्यस्त भीडमा पृथ्वीको एउटा कुनामा रहेर कोरोनाको डर र त्रासले आजाद नपाएको बन्दी भइरहँदा विगत र वर्तमानका सबै पलहरू मानसपटलमा खेलाउन पुगेछु ।

बाह्य दुनियाम्ँ अवलोकन गरी हेर्दा घर नजिकै बाँसको रूखमा साँझपख च्याँ च्याँ ध्वनी निकाल्दै बसिरहेका चरीहरुले आफ्नो ध्वनिको तिब्रता नघटाई गीत गाइरहेका छन् । कुलामा खेल्ने माछाहरू उफ्री उफ्री खेलिरहेका छन् । बारीमा केराका पातले तपाइँ जस्तै विशिष्ठ अतिथि बोलाइरहेका छन् । सूर्य र चन्द्रले समय समयमा आकाशको बादलसँग लुकामारी खेल्दैछन् । घडीको सुई नरोकी दौडिरहेछ । कुकुर र बिरालाहरुले ‘मेनरोड’ कब्जा गरेका छन् । म बन्दी नियालीरहेको छु । सबैको सजीव र निर्जीवको समय चक्रको साक्षी बनी बन्द कोठाबाट । म जस्तै आजादी नपाएकाहरू कोही गायक भइसके । कोही कवि त कोही टिकटक हिरो त कोही प्रवचक यस्तै, यस्तै ‘।

अनेक रूप¸ स्थान र पात्रको भूमिकामा आ(आफ्नो कौशलता र मेहेनतको बजार मूल्य खोजिरहेका छन् । खासमा यी सब आजादीको विकल्पमा रमाउन अनेकन प्रयास गरी बाध्यता¸ अभाव र दबाबमा मिथ्या मुस्कान देखाइरहेका छन् । सबै महामारीमा ज्यान जोगाउन र लुक्न तल्लिन छन् । कसैलाई प्रत्यक्ष देख्दा कोही देखेर चिनिदैन र कोही चिन्न खोजिदैनन् पनि। समयको चक्रसँगै ‘अतिथि देव भव’ ठान्दै आएको म पनि आम मानिस जस्तै कोही भेट्न आइहाल्ने हुन् कि, भन्ने डरले मुलढोका बन्द गरी बसिरहेको छु ।

बाध्य भएर सेनिटाइजर आँगनमै राखेर बन्द कोठाको झ्यालबाट बाटोमा हिंड्ने मान्छे चिहाइरहेछु । धेरै रात बिते । दिन कटे । दिन रातजस्तै भए । रात झनै निष्पट्ट । आतुर भइसकेँ डियर जिन्दगी । म आजाद खोजिरहेछु ।

प्रीय जिन्दगी १ आजादीको कल्पना गर्न बाध्य हुनुमा मेरो नै दोष हो । प्रयाप्तता र उपलब्धताले कहिल्यै चित्त बुझेन । खरले छाएको घरले भएन । मलाई आधुनिक बसाई चाहियो । पिउनका लागि कन्चन पानी बग्ने मुल थियो । मलाई घरैमा स्विमिङ पुल चाहियो । हिंड्ने गोरेटो थियो । मलाई राजमार्ग चाहियो । सास फेर्नलाई सल्लीवनको स्वच्छ हावा काफी थियो । मैले बतासको आतंक खोजे । घरमा उत्पादित ढिंडो र साग पच्न छोड्यो । पिज्जा र रोस्ट स्वादिलो लाग्यो मलाई । गाउँ विकट भयो । सहर मन पर्न थालेछ । आवश्यकता¸ चाहना र महत्वकांक्षामा रूमलिँदा जीवन जिउनुको अर्थ नै बिर्सेछु । गोरेटो नै त्यागेछु । अभावको कल्पना गरी जीवन भोगाईको सुन्दरता नै भुलेछु । वास्तवमै प्रकृति प्रदत्त स्वर्ग त्यागेर बनावटी स्वर्गको परिकल्पना गरिरहेको रहेछु ।

सुन्दर अतीत कथामा मात्र सिमित भयो । रामायण वा महाभारतको कुनै पात्र जस्तै नियतिको पूर्व निर्धारित भुमिकामा सबै व्यस्त । सँगै गुच्चा खेल्ने साथीहरुसँग भेटघाट हरायो । जमघटको ‘ट्रेन्ड ग्रुप च्याट’ मा सिमित भयो । घर परिवार दशैंमा मात्र भेटिने चलन चल्यो । आमाबुबा¸ गुरूको दर्शन केही विशेष दिनमा फोटो पोस्ट्याउनका लागि मात्र हुन थाल्यो । पुजा गरी ढोग गर्न देवता समिपमा रहेनन्के । केही देवता नै विदेशबाट किनिए । धार्मिक संस्कार तथा चाडवाडले मनोरञ्जन दिन छोड्यो । भेटघाट भिडियो कलमा सिमित भए । विचारमा विदेशी अव्यवहारिक वाद र प्रतिवादले पश्रय पायो । आत्मियता विद्युतीय तरंगमा परिवर्तन हुन गयो । साथीभाईहरु फेसबुक¸ ट्वीटर र इन्स्टाग्राममा लाइक र कमेन्ट गर्ने पात्रमा सिमित रहे । परिवार वास्तविक परिवार रहेन । समाज रह्यो सामाजिकता बेचियो । हामी सबैमा महत्वकांक्षा र कही स्वार्थले राज चलाए। सबै आफू बन्न खोजे । आफ्ना बनाउन कहिल्यै खोजेनन् । परिणाम यस्तै भयो । गाउँ सोचेजस्तो गाउँ रहेन । टोल घुम्न लाएक भएन ।

सँगै गुच्चा खेल्ने साथीहरुसँग भेटघाट हरायो । जमघटको ‘ट्रेन्ड ग्रुप च्याट’ मा सिमित भयो । घर परिवार दशैंमा मात्र भेटिने चलन चल्यो । आमाबुबा¸ गुरूको दर्शन केही विशेष दिनमा फोटो पोस्ट्याउनका लागि मात्र हुन थाल्यो । पुजा गरी ढोग गर्न देवता समिपमा रहेनन्के । केही देवता नै विदेशबाट किनिए । धार्मिक संस्कार तथा चाडवाडले मनोरञ्जन दिन छोड्यो । भेटघाट भिडियो कलमा सिमित भए । विचारमा विदेशी अव्यवहारिक वाद र प्रतिवादले पश्रय पायो । आत्मियता विद्युतीय तरंगमा परिवर्तन हुन गयो ।

अझ भनौं, कतै जन्मे¸ हुर्केको मलिलो स्वर्ग उजाड भयो भने कहीं तुलसी रोप्न ठाउँ नभएको जमिनले बस्ति थेगी नसक्नु भयो । कुनै सजीवको जीवनचक्रमा मानव अत्याधिक हाबी भयो । मान्छेले खाने खाए, नखाने खाए । गर्ने गरे । नगर्ने गरे । समग्र वातावरण र जीवनचक्रले नै सन्तुलन गुमायो । कोरोना भन्ने महामारीले विकराल रुप लियो । विश्वभर भयावह स्थिति देखियो । हुँदारहुँदा लासको पहिचान हुन नसक्ने अवस्था आयो । ताण्डव मच्चिरहेको छ यत्रतत्र । फलस्वरुप छोडिएका स्थान अति प्यारा भएका छन् । अमेरिका, युरोप र विदेशको मोहमा पनि कमि आयो ।

त्यतिमात्र होइन, घरबाहिर रहेका व्यक्ति अस्वस्थ भई फर्किने पो हुन् कि रु भन्ने डरले पवित्र भूमि झन त्रसित भएको छ । जीवन जोखिम¸ सर्वत्र लकडाउन तथा बन्धनले स्वतन्त्रताको धज्जी उड्यो । समस्या समाधानका लागि प्रयास त विश्वभर अनेकन देखिए तर नतिजा शुन्य । न औषधि भेटियो । न त प्रभावकारी उपचार नै । त्यही भींडमा केही चिन्ता र केही त्रासले बन्द कोठामा ‘फटिग जिन्दगी’ जिइरहेको छु । यसैले त म पुन सेड्युलको दिनचर्यामा रमाउन चाहान्छु । पिँजडाको चरी बन्ने रहर छैन । खुला संसार देख्ने आशामा छु । प्रीय जिन्दगी १ आजादी खोज्दैछु ।

सर्वत्र चुनौति थपिएर राज्य नै लरखराइरहेको छ । ‘रेमिट्यान्स’ बाट चलेको देशमा झन् बढी आर्थिक संकटको भय देखिन्छ । यद्दपी राम्रो काम गर्नेलाई कौशलता देखाउने अवसर प्राप्त भएको छ । यहाँ मानवताको परीक्षाको घडी चलिरहेको छ । सबैमा धैर्यता र सहनशीलता आवश्यक देखिएको छ । जो कसैको असावधानीले उच्च जोखिम सिर्जना हुने संभावना यथावतै छ । यद्दपी कोही मिडियामा पोस्टिनका लागि मात्र दानवीर बनिरहेका छन् त कोही ब्रह्मलुटका अनेक उपाय सोच्न तल्लिन र व्यस्त छन् । नीति र नेताले विशेषता गुमाउन थाले । लंकामा युद्ध चलेझै भएको छ। न वैद्यराज छन् । न त कुनै संजिवनी बुटी । यस चुनौतिमा श्री हनुमानले हिमालय पर्वत उठाएजस्तो कार्य गर्ने साहास राख्छन वा आफ्नो दुनो सोझ्याउँछन् । मौन बसी नियालिरहेको छु ।

विभिन्न तरिकाले मानव जातिको विश्वव्यापी पहुँच भएसँगै यसैको असर स्वरुप जोखिम बढी देखिएको छ । यसले सबैको विगतको समय स्मरण गराएको छ । बाध्यात्मक रुपमै भए पनि उही मुलको पानी¸ गोरेटो हिंडाई¸ गुन्द्रुकको स्वाद आदिको पुन ताजगी गराएको छ । बाह्य मोहभन्दा ‘भूमि बैंक’ उत्तम विकल्प देखिन्छ । धेरैलाई कामै नगरी कोठाभित्र बस्नुपर्ने सजाय मिलेको छ । व्यक्तिगत¸ सामाजिक र राजनीतिक जीवन खल्लिबएको छ । नियमित कामकाज र दिनचर्या फेरिएको छ । विगतको सन्तुलित जीवनको महसुस गरिएको छ । मेसिन जिन्दगीको कुनै फिक्री छैन् ।

कोही रहरले त कोही बाध्यताले विचलित भइरहेको अवस्था छ । जो – जसरी भएपनि जन्मभुमिको गोधप्रति सम्मान र विश्वास गर्नुको विकल्प छैन् । विगतमा भए गरेका कार्यको मूल्यांकन गर्नुपर्ने समय यही हो । व्यक्तिगत रुपमा विभिन्न समयको कालखण्डमा भएका कार्य मनन गरी कमजोरीलाई सुधार्ने समय आएको छ । वास्तविकता र उपलब्धतामा सन्तोष्ट हुन सकौं । धर्म र नैतिकता नबिर्सौं । हाम्रो यस पुण्य भूमिमा स्थायी सन्तुलन होस् । ईश्वरले सबैको कल्याण गरुन् । सबै स्वस्थ रहुन् । कसैको शरीर र विचारमा कोरोना नलागोस्¸ सबैलाई संकटबाट मुक्ति मिलोस् । यही कामनासहित साथै पुनस् आजादीको प्रतिक्षामा छु ।

समस्या समाधानका लागि प्रयास त विश्वभर अनेकन देखिए तर नतिजा शुन्य । न औषधि भेटियो । न त प्रभावकारी उपचार नै । त्यही भींडमा केही चिन्ता र केही त्रासले बन्द कोठामा ‘फटिग जिन्दगी’ जिइरहेको छु ।

(लेखक नेपाल सरकारको शाखा अधिकृत हुनुहुन्छ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here