काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले लकडाउनको अवस्थामा खेलाडीको अवस्था कस्तो छ भनी चासो व्यक्त गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा देखा परेको कोराना भाइरस कोभिड–१९ संक्रमणबाट बच्न चेतना अभिवृद्धिका लागि नेपाल सरकारले गरेको लकडाउनको अपिल घरमै बसेर व्यवहारिक रुपमा पालना गर्दै आएका खेलाडी, प्रशिक्षक, कर्मचारी तथा संघसंस्थाका पदाधिकारी के कस्तो अवस्थामा रहेका छन् भनेर परिषद्ले चासो देखाएको हो ।

परिषद्का प्रशासन बिभागका प्रमुख कुलबहादुर थापाले लकडाउन भएको ११ दिनसम्मा आफ्ना मतहतका संघसंस्था तथा सम्पूर्ण कर्मचारी तथा परिवारजनको हालको अवस्था के कस्तो छ ? बुझेर विवरण पेश गर्न तथा कुनै कठिनाई परेको खण्डमा सहयोका लागि परिषद्बाट केही गर्नुपरेमा यथासिध्र जानकारी गराउन सबैका लागि अपिल गर्नुभएको छ ।

परिषद्ले लकडाउनको अवस्थामा धैर्य, संमियमित भई संभव भएसम्म आफ्ना भौतिक पूर्वाधारमा बन्ने आइसोलेसन कक्षमा पूर्णरुपले सहयोग गर्नका लागि पनि अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here