एजेन्सी । जोन हपकिन्स विश्वविद्यालयका अनुसार इटालीमा कूल संक्रमितको सङ्ख्या ८६ हजार ४९८ पुगेको छ । जबकी चीनमा संक्रमितको कूल सङ्ख्या ८१ हजार ९४६ रहेको छ ।

अहिले अमेरिकामा सर्वाधिक १ लाख ५ हजार संक्रमित रहेका छन् ।

इटालीमा अहिलेसम्म ९ हजार बढीले ज्यान गुमाएका छन् । यो आँकडा विश्वकै कुनै पनि मुलुकमध्ये सबैभन्दा बढी हो । इटालीपछि स्पेनमा ५ हजार १ सय ३८ तथा चीनमा ३ हजार २९५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा यो सङ्ख्या १७ सय करिब रहेको छ । यसले अमेरिकाको स्वास्थ्य सेवालाई धरासयी बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here